बाढीपहिरो अपडेट : ७७ जनाको मृत्यु, २६ जना बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७८, बिहीबार ०५:३४

काठमाडौं । बेमौसमी बाढीपहिरोमा परी ७७ जनाले ज्यान गुमाएका छन् भने २६ जना बेपत्ता छन् । २२ जना घाइते छन् ।

पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको गृह मन्त्रालयले जनाएको छ । पाँचथरमा मात्र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने छजना घाइते छन् ।

त्यस्तै, इलााममा पहिरोमा परी १३ जनाको मृत्यु भएका छन् भने २ जना घाइते छन् । इलाममा तीजना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा १२ जनाले ज्यान गुमाएका छन् । ५ जना घाइते भएका छन् । पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०