फेसबूक, ह्वाट्सएप र ईस्ताग्राममा विश्वभरि एकैसाथ समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७८, मंगलवार ०५:२३

करोडौंको सन्चार माध्यमका रुपमा रहेको फेसबूक, इस्ताग्रम र ह्वाट्सएप केहि घण्टा देखि बन्द भएको छ । फेसबूक, एस्ताग्राम र ह्वाट्सएप बन्द हुँदा विश्वभरि यि सामाजिक सन्जाल प्रयोग गर्ने तिन खर्ब मानिसहरुलाई एकैसाथ प्रभाव पारेको छ ।

फेसबुकका एप्स जसमा फेसबुक, इन्स्ताग्राम, ह्वाट्सएप, फेसबुक मेसेन्जर छन् तिनमा पूर्वी समय अनुसार बिहान ११:४० बजे बाट समस्या देखिन थालेको थियो । त्यसको पाँच मिनेट भित्र फेसबुक इन्टरनेटबाट गायब भएको द न्युयोर्क टाईम्सले उल्लेख गरेको छ । त्यसको एक घण्टा पछि साइटहरुले झनै काम गर्न छोडेका थिए ।

यि सामाजिक मेडियामा हाल विश्वभरिनै समस्या देखिएको हो ।

प्रविधिमा समस्या आउनु सामान्य मान्न सकिन्छ । ‘तर यति धेरै एप्स एकै समयमा संसारको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनीबाट अन्धकारमा जानु अत्यन्त असामान्य थियो’ द न्युयोर्क टाईम्सले भनेको छ ।

द न्युयोर्क टाईम्सले लेखेको छ-यस पटक यि एप्सहरु बन्द हुनुको कारण अस्पष्ट रह्यो । एक आन्तरिक मेमो र कर्मचारीहरुलाई यस विषयमा जानकारी दिए अनुसार घटना भएको धेरै घण्टा पछिसम्मपनि फेसबुकका सुरक्षा विशेषज्ञहरु मूल कारण पहिचान गर्न कोशिश गरीरहेका थिए । यसको सुरक्षा टोलीका दुई सदस्यहरुले नाम नखुलाउने शर्तमा बोलेका थिए किनभने उनीहरुलाइ सार्वजनिक रुपमा बोल्नका लागि अधिकार थिएन । तिनले भने ‘साईबर हमला भएको थिएन । किनकि एउटा ह्याकले एकै पटकमा धेरै एप्सलाई असर गर्ने सम्भावना हुँदैन ।’

सुरक्षा विज्ञहरुका अनुसार यो समस्या सम्भवतः फेसबुकको सर्भर कम्प्युटरहरुको गलत कन्फिगरेसनको कारणले उत्पन्न भएको हो जसले मानिसहरुलाई इन्स्टाग्राम र ह्वाट्सएप जस्ता साइटहरुसँग जोडिन दिंदैनन् । जब यस्तो त्रुटिहरु देखा पर्छन्, कम्पनीहरुले बारम्बार आफ्नो अघिल्लो कन्फिगरेसनमा फर्किएर काम गर्छन् । तर फेसबुकको समस्याहरु धेरै जटिल देखिएको छ र केहि म्यानुअल अपडेटको आवश्यकता देखापरेको छ ।

फेसबूकले आफ्ना साईटहरुमा समस्या आएको बारे सचेत रहेको बताएको छ । उनीहरुले यि साईटहरुलाई यथासक्य छिटो ठिक पार्ने कोसिस गरिरहेका छन् ।

फेसबुक एप, इन्स्ताग्राम र ह्वाट्सएप सबैले एकसाथ काम गर्न बन्द भएको थियो । ह्याकरहरुले यसको मुख्य पद्दतीमै आक्रमण गरेको हुनसक्ने आशंकापनि धेरैले गरेका छन् ।

फेसबूका प्रवक्ताले यि सन्जालमा आएको समस्या प्रति क्षमा यचना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१