द हब लुम्बिनी : सीई कन्सट्रक्सनको ‘हाउजिङ र हस्पिटालिटीको फ्युजन’ सुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७८, आईतवार ०६:४०

काठमाडौं । कन्स्ट्रक्सनको क्षेत्रमा ठूलो नाम बनाएको सीई कन्सट्रक्सनले ‘द हब लुम्बिनी’ नामक महत्वाकांक्षी परियोजान सुरू गरेको छ । कपिलवस्तुको मायादेवी मन्दिर (लुम्बिनी) भन्दा करिब ५ किलोमिटरको दूरीमा करिब ७ बिगाहा जमिनमा उक्त परियोजना सुरू भएको हो ।

यसलाई ‘डेस्टिनेशन डेभलप्मेन्ट प्रोजेक्ट’को रूपमा सुरू गर्न लागिएको सीईलाई यो परियोजनामा परामर्श सेवा प्रदान गरिरहेको ग्राण्डी होल्डिङसकी अपरेशन म्यानेजर रेश्मा श्रेष्ठले जानकारी दिइन् ।

‘करिब ७ बिगाहा जमिनमा बन्न लागेको यो प्रोजेक्टे लुम्बिनीलाई एउटा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेछ,’ श्रेष्ठले  भनिन् यो परियोजनामा हाउजिङ र हस्पिटालिटीको फ्युजन गरिएको श्रेष्ठको भनाइ छ । अहिले उक्त हबमा सीईको माया अपार्टमेन्ट्स निर्माणाधीन अवस्थामा रहेको छ भने योगेन्द्र शाक्यको एस हस्पिटालिटीले होटल शाक्य मुनी निर्माण गर्ने भएको छ ।

यसका अलावा त्यहाँ सीईले ‘रो हाउजिङ’ पनि निर्माण गर्ने छ । पसलै पसल भएका र घरहरू एक आपसमा जोडिएको हाउजिङ पूर्वाधार हो ‘रो हाउजिङ’ । यसको पहिलाे तल्ला कमर्शियल प्रयोजनको लागि प्रयोग हुने र बाँकी २ तल्ला बसोवासका लागि प्रयोग हुने श्रेष्ठ बताउँछिन् । अन्य एकल घरहरू पनि यो परियोजना अन्तर्गत बन्न लागेको श्रेष्ठको भनाइ छ ।

 

करिब ५ वर्षमा सक्ने लक्ष्य लिइएको यो परियोजनामा कुल ८ अर्ब रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ । सीई कन्सट्रक्सनका कार्यकारी निर्देशक विजय राजभण्डारी आफू पहिले लुम्बिनीमा प्रोजेक्ट म्यानेजरको रूपमा काम गर्दा त्यहाँ पूर्वाधारको अभावमा मानिसहरूले दुःख पाएको देखेका कारण यो परियोजना निर्माण गर्ने योजना पलाएको बताउँछन् ।

 

‘पहिला म लुम्बिनी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर पनि थिएँ । विभिन्न खाले पर्यटकहरू आउँथे । भीआइपीहरू पनि आउँथे । उनीहरू त्यहाँ बस्दा पूर्वाधारको कमीले गर्दा गाह्रो महशुस गरेको पनि हामीले नजिकबाट देखेको हो,’ राजभण्डारी बताउँछन् ।

 

लुम्बिनी बुद्ध भूमी भएका कारण त्यहाँ जाने मानिसहरू बढ्दै जाने र संसारको जनसंख्या बढ्दै जाँदा त्यहाँ आउने मानिसहरूको संख्या पनि बढ्दै जाने हुनाले यो हबको आवश्यकता महशुस गरिएको राजभण्डारीको भनाइ छ ।

 

लुम्बिनी हबमा वाटर वल्ड, कन्भेन्सन सेन्टर, हेल्थ क्लबलगायत हुनेछन् । यसैगरी सपिङ सेन्टर र सिनेमा हलहरू पनि परियोजना भित्र अटाउने छन् । साना–ठूला रेष्टुरेन्टहरू पनि हुने छन् । हिमालयन जाभा, बास्किन रोबिन्स जस्ता ब्राण्डहरू पनि हुनेछन् । साथै, नयाँ होटलहरू पनि खुल्नेछन् ।

 

‘फेरि हब भन्दै गर्दा त्यहाँ हाम्रा पूर्वाधारहरूलाई मात्र भन्न खोजेको होइन । त्यो सेरेफेरोमा पर्ने सबै क्षेत्र र पूर्वाधारहरू हब भित्रै पर्छन्,’ राजभण्डारी बताउँछन् ।

यो परियोजना यहाँ सफल पार्न सके देशभरी यस्ता परियोजनाहरू विकास गरेर नयाँ नयाँ पर्यटकीय गन्तव्यहरू निर्माण गर्दै लैजान सकिने राजभण्डारीको बुझाइ छ ।

 

‘त्यसैका लागि हामीले पर्यटन विकासको एउटा प्लेटर्फम बनाउन खोजेका हौं । यसमा हामी नेपालको होटल क्षेत्रको पायोनियर भनेर चिनिने योगेन्द्र शाक्यहरूसँग मिलेर गरेका हौं । उहाँले नगरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुभएको हो । यस्तो हब बनाउन सकियो भने देशका अरु भागहरूमा पनि त्यसको विस्तार गर्न सकिन्छ भनेर हामीले त्यो सुरू गरेका हौं,’ उनले भने ।

 

लुम्बिनीलाई धार्मिक स्थलको रूपमा मात्र विकास नगरेर गुणस्तरीय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्ने राजभण्डारीको बुझाइ छ ।

 

‘मानिसहरू परिवार लिएर आउँदा बाबुआमालाई त बुद्ध प्रति आस्था भएर आएका होलान । तर बच्चालाई त आस्था हुने कुरा भएन । उसलाई त खेल्नु पर्यो, फिल्म हेर्न पर्यो । यो आवश्यकता पूर्ति गर्न सकियो भने पर्यटककाे बसाइ पनि लम्बिन्छ, मुलुकले विदेशी मुद्रा आर्जन गर्न पनि सहयोग पुग्छ,’ राजभण्डारीले भने । चाणक्य पोष्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१