५० वर्ष पुग्नै लाग्दा पनि जवान अभिनेत्री मलाइकाको यही बोटल हो राज, आखिर यो के छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७८, आईतवार ०५:३८

काठमाडौं । उमेरले ५० वर्ष पुग्नै लाग्दा पनि बलिउड अभिनेत्री मलाइका अरोडा जवान छिन् । उनी प्राय आफ्नो फिटनेस र बोल्डनेस तस्विरका कारण सामाजिक सञ्जालमा हावी हुन्छिन् ।

यस पटक उनी फेरि चर्चामा छिन् । अहिले चर्चामा आउनुको कारण उनको हातमा देखिएको बोतल हो ।

वास्तवमा, उनको एक नवीनतम भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी आफ्नो योग कक्षाबाट बाहिर आउँदै छिन् ।

उक्त भिडियोमा उनको हातमा केहि देखिएको थियो, त्यहाँ उपस्थित सञ्चारकर्मीहरुले उनलाई सोधे, के तपाईं कालो पानी पिउनुहुन्छ ?

 

अभिनेत्री मलाइका आफ्नो योग कक्षाबाट बाहिर आउँदै थिइन् । सो क्रममा, केहि फोटोग्राफरहरुले उनलाई एक अनौठो प्रश्न सोधेका हुन् ।

मलाइका अक्सर पपराजीद्वारा मुम्बईमा सञ्चालित आफ्नो योग कक्षाको बाहिर देखा पर्छिन् । बुधवार पनि मलाइका आफ्नो कक्षा लिन आएकी थिइन्, सोही क्रममा उनले यस्तो प्रश्नको सामना गर्नुपर्यो । जवाफमा उनी हाँसिन् ।

ब्ल्याक क्रप टप र सेतो शर्ट्स लगाएर मलाइका योगपछि आफ्नो कारमा जाँदै थिइन् । उनको हातमा कालो पानीको बोतल थियो ।

अर्कै हातमा पोज दिँदै, उनले आफ्नो मास्क समातेकी थिइन् । एक फोटोग्राफरले उनलाई सोधे के तपाईं कालो पानी पिउनुहुन्छ ? जवाफमा मलाइका पहिला हाँसिन् र त्यसपछि भनिन्, ‘हो, म कालो क्षरीय पानी पिउँछु ।’

यो भिडियो सेलिब्रिटी फोटोग्राफर भाइरल भियानीले आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेका छन् ।

अब जब यो भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल हुँदैछ । प्रयोगकर्ताहरुले पनि बिभिन्न तरीकाले प्रतिकृया दिएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘उनी यति फिट छिन् ।’

एक अन्य प्रयोगकर्ताले लेखेका छन्, ‘कसैले पनि भन्न सक्दैन् कि मलाइका ४७ वर्षको हुँदैछिन् ।’ भिडियो अहिले सम्म लाखौं पटक पटक हेरिएको छ । प्रयोगकर्ताहरु मलाइकामाथि आफ्नो मायाको वर्षा गर्दै छन् ।

कसैले त लेखिरहेका छन् मलाईको फिटनेसको राज नै यही बोटल हो । आखिर के हुन्छ यो बोटलमा ? उनी भन्छिन् अधिक पानी पिउनु, योग र व्यायाम गर्नु नै जवान रहनुको राज हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०