खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७८, शुक्रबार ०५:४०

काठमाडौं । विदेशी पर्यटक आगमनका लागि सरकारले अनअराइभल भिसा खुल्ला गरेको छ । सरकारले पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै विदेशी पर्यटकहरुका लागि अनअराइभल भिसा खुल्ला गरेको जनाएको छ ।

अब विदेशी पर्यटकहरूका लागि नेपाल खुल्ला भएको छ । तर, विदेशी पर्यटकहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टा भित्रको कोभिड परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । यसका साथै पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाणपत्र समेत पेस गर्नुपर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१