घ्यू खानुका यस्ता फाइदा, जाे तपाईं हामीलाई थाहा नहुन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७८, आईतवार ०५:३१

त्यसो त घ्यू भन्ने बित्तिकै मोटाइने डरले मानिस आत्तिने गरेका छन् । तर घ्यूले शरीरमा शक्ति दिने कुरा हामी भुल्दछौं ।
घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । दिनमा दुईरतीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । घ्यूले आँखाको ज्योति, प्रतिरक्षा प्रणाली र पाचनक्रियालाई उत्कृष्ट बनाउँछ । जसको पाचन राम्रो हुन्छ, उनीहरू आफ्नो तौल कम गर्ने आफ्नो उद्देश्य चाँडै नै पूरा गर्न सक्छन् ।

घ्यू डिएचएले भरपुर हुन्छ । यसका साथै यसमा फ्याट, एन्टिफंगल, एन्टीअक्सिडेन्ट र एन्टिब्याक्टेरियल प्रोपर्टिज पनि हुन्छ जुन आँखाका लागि राम्रो हुन्छ । फ्याटी एसिडका कारण यो चाँडै नै सजिलै पच्छ पनि । जैतुन र नरिवलको तेलमा झैं घ्यूमा पनि हेल्दी फ्याट हुन्छ जसले तपाईंलाई खराब फ्याट भगाउन र तौल कम गर्न सहयोग गर्छ । घ्यूमा यस्ता तत्व हुन्छन् जसले शरिरमा ब्याड कोलेस्ट्रोललाई नियन्त्रणमा राखेर गुड कोलेस्ट्रोल बढाउने काम गर्छ । घ्यूले जोर्नीमा भएका तरल पदार्थलाई कम हुन दिँदैन ।

घ्यू बटरिक एसिडले भरपुर हुन्छ जसका विभिन्न फाइदा छन् । हाम्रो शरिरले फाइबरलाई बटरिक एसिडमा परिवर्तन गर्ने काम गर्छ । यस्तोमा यदि तपाईं आफ्नो डाइटमा घ्यू समावेश गर्नुहुन्छ भने शरिरको काम सजिलो हुन्छ । घ्यूमा भएको बटरिक एसिडले फाइबरलाई ऊर्जामा परिवर्तन गर्छ जसले आन्द्रा बलियो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१