अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७८, शुक्रबार ०५:३३

एजेन्सी । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् ।

तालिबानले उनीहरुलाई बाहिर जान दिए पछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । अफगानिस्तानबाट बाहिरिनेमा करिव २०० जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरे पछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१