‘पोर्न नदेखाउ ढाक’ भन्दै बिकिनी गर्ल्ससँग समुद्र तटमा बहस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७८, शुक्रबार ०५:३२

एजेन्सी । अमेरिकाका एक व्यक्ति समुद्रको किनारमा बिकिनी लगाएर रमाइलो मनाइरहेका युवतीहरुसँग खनिए । उनले युवतीहरुलाई समुद्र किनारमा अश्लिलता फैलाएको आरोप लगाए । उनीहरुको पहिरनप्रति आपत्ति प्रकट गर्दै ती व्यक्ति युवतीहरुसँग बहसमा उत्रिएका थिए । यसैबीच एक युवतीले ती व्यक्तिको भिडियो बनाएकी थिइन् । उनले उक्त भिडियोलाई टिकटकमा अपलोड पनि गरिदिइन् ।

डेली मेलको रिपोर्ट अनुसार मिया र उनका ८ जना साथीहरु कोलोराडोको फोर्ट कोलिन्स बीचमा बिकिनीमा पल्टिरहेका थिए । यसै समयमा लोगान डार्न नामका एक पुरुष आइपुगे र युवतीहरुको स्विम सुट्स लगाएको देखेर उनीहरुसँग बहस गर्न थाले ।

उनले समुद्र किनारमा स्विमिङ्ग सुट लगाउने युवतीका कारण बालबालिकाहरुमा नराम्रो असर पर्ने र समाजमा पनि गलत सन्देश जाने बताए । यतिमात्र होइन उनले बिकिनीको तुलना पोर्नोग्राफीसँग गरे । उनले अश्लिलता प्रदर्शन नगर्न सल्लाह दिए । बहसका बेला युवतीहरुले उनको अभिव्यत्तिलाई लिएर आपत्ति जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०