शरीर फिट राख्न र सधैं जवान देखिन यसरी व्यायाम गर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७८, सोमबार १८:४७

एजेन्सी । शारीरिक रुपले सक्रिय रहँदा हाम्रो शरीर स्वस्थ र आकर्षक देखिन्छ । शरीरको अनावश्यक बोसो घटाउन, मोटोपना नियन्त्रण गर्न तथा मुटु, रक्तनली सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्ता रोगहरुबाट बच्न चाहनुहुन्छ भने तपाईले आफ्नो शरीरलाई सक्रिय बनाउनुपर्छ ।
शारीरिक रुपमा सक्रिय रहनका लागि व्यायाम अनिवार्य छ । नियमित रुपमा शारीरिक व्यायाम गर्ने बानीले मांसपेशी र हड्डीहरु बलियो हुन्छ । व्यायाम गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ रहन्छ भने वौद्धिक क्षमता पनि वृद्धि हुन्छ । शारीरिक व्यायाम कति र कसरी गर्ने भन्ने विषय मानिसको उमेर अनुसार फरक– फरक हुन्छ ।

कुन उमेरका व्यक्तिले कति समय व्यायाम गर्ने ? १५ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले ६ दिनको एक पटक मध्यम तथा कडा खालको व्यायाम गर्नुपर्छ । १८ देखि ६४ वर्ष सम्मका व्यक्तिले दिनको एक पटक ३० मिनेट मध्यम र १५ मिनेट कडा खालको व्यायाम गर्नुपर्छ । दैनिक रुपमा व्यायाम गर्न सक्ने अवस्था नभएका कम्तिमा एक सातामा ५ दिन व्यायाम गर्दा शरीर स्वास्थ्य र फिट रहन्छ ।

६५ वर्षमाथिका व्यक्तिहरुका लागि पनि स्वस्थ रहनाका लागि व्यायाम निकै महत्वपूर्ण छ । ६५ वर्षभन्दा माथिका व्यक्तिहरुले व्यायाम गर्दा आफ्नो शारीरिक अवस्थाको आधारमा चिकित्सकसँग सल्लाह लिएर गर्नुपर्छ । शारीरिक व्यायाम गर्न नसक्ने वृद्धवृद्धाले सम्भव भएसम्म सक्रिय रहने प्रयास गर्नुपर्छ ।

१७ वर्ष भन्दा बढी उमेर भएकाले साताको दुई वा दुईभन्दा बढी दिनहरुमा मांसपेशी बलियो बनाउने क्रियाकलाप गर्नुपर्छ । शरीरलाई स्वस्थ र फिट राख्न शारीरिक व्यायामसँगै योगा पनि महत्पूर्ण हुन्छ ।

कस्तो व्यायाम गर्ने ? सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त शारीरिक व्यायाम दौडिने, जिउ तन्काउने, योग र श्वासप्रश्वासलाई धेरै बढाउने हो । मध्यम खालको व्यायाम, मध्यम खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई हल्का बढाउने क्रियाकलाप हो । सामान्य खालका व्यायाम भनेको छिटोछिटो हिँड्नु, घरायसी कामकाज तथा बगैँचामा गरिने काम हुन् ।

कडा खालको व्यायाम, कडा खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई धेरै बढाउने, थोरै बाल्दा पनि स्वाँस्वाँ हुने गरी दौडिने, उफ्रिने, पौडी खेल्ने, नाच्ने साइकल चलाउने कार्य हो ।

मांसपेशी बलियो पार्ने व्यायाम: मांसपेशी बलियो पार्ने व्यायामहरु भनेका मांसपेशी समूहहरुलाई सक्रिय गर्ने व्यायाम हो । छाती, पेट, तिघ्रा, पिँडुला तथा ढाडको व्यायाम गर्न खुट्टा उठाउने, उठबस गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१