फिट रहन कालो पानी पिउँछिन् मलाइका, कति होला मूल्य ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७८, सोमबार ०५:२२

एजेन्सी । मलाइका अरोडा आफ्नो फिटनेसका लागि चर्चामा आइरहने भारतीय नायिका हुन् । जिम गएका बेला लिइएका उनका तस्विर आजभोलि भाइरल भएका छन् । पापाराजीहरुले लिएका आजभोलिका उनका तस्विर निकै चर्चामा आएका छन् । त्यसको कारण हो, उनको हातमा रहेको कालो रंगको पिउने पानी ।

जिमबाट बाहिर निस्किएकी मलाइकालाई फोटोग्राफरले कालो पानीका बारेमा सोधे र उनले हाँस्दै उक्त पानी ‘ब्याक अल्कलाइन वाटर’ भएको जवाफ दिइन् । यो अल्कालाइन वाटरको फाइदा र यसको मूल्यका बारेमा आउनुहोस् चर्चा गरौं ।

यो ब्लाक वाटर इभोकस ब्लाक अल्कलाइन वाटर हो । यो पानीमा ७० भन्दा बढी मिनरल्स हुन्छन् । यसले शरीरको मेटाबोलिज्म र अक्सिजन ग्रहण गर्ने क्षमता, डी–टक्सिफिकेशन र पाचन क्रिया राम्रो हुन्छ ।

बिजनेस इनसाइडको एक रिपोर्टका अनुसार ब्लाक वाटरको पीएच लेभल रेगुलर वाटरको तुलनामा ७ भन्दा धेरै छ । धेरै प्रकारका पौष्टिक मिनरल्स भएका कारणले यो स्वास्थ्यका लागि फाइदाकारी छ । यो पानी पिउँदा एसिडिटी, डी–हाइड्रेशनको समस्या नहुने र रोगसँग लड्ने क्षमताका अर्थात इम्युनिटी दह्रो हुन्छ ।

यसको मूल्य ३२० रूपैयाँभन्दा बढी रहेको छ । यसको फरक फरक पसलहरुमा मूल्य पनि फरक फरक रहेको छ ।
यो पानी मलाइकाका अतिरिक्त बिराट कोहली र उर्वशी रौतेला पनि पिउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०