म्यूजियममा खिचेको तस्विर पोस्ट गर्दा मोडललाई जेलको बास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७८, बुधबार ०५:४२

एजेन्सी । एक इस्ट्राग्राम मोडलले सेक्स म्यूजियममा लिइएको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा ठूलो मूल्य चुकाउनु परेको छ ।

नेदरल्याण्डको एम्स्टर्डममा रहेको उक्त सेक्स म्यूजियम लिइएको उनको उक्त फोटोका लागि उनको देश टर्कीले उनको विरुद्ध उजुरी दर्ता गरेको छ । ती मोडललाई टर्की सरकारले अश्लिलता सम्बन्धी कानून तोडेको भन्दै मुद्धा दायर गरेको हो । २३ वर्षीया इन्स्टाग्राम मोडलले एक वर्ष पहिले एम्स्टर्डमको विश्व प्रसिद्ध सेक्स म्यूजियममा खेचेको तस्विर पोस्ट गरेपछि टर्कीमा अश्लिलता कानूनका आधारमा उनका विरुद्ध मुद्धा दायर भएको हो ।

ती मोडलको नाम मर्व तास्किन हो । उनले जनवरी २०२०मा आफ्नो २२ औं जन्मदिनको अवसरमा केही साथीहरुका साथ सेक्स म्यूजियममा गएकी थिइन् । मोडलले म्यूजियममा चित्रहरु र मूर्तिहरुको अगाडि फोटो खिचेकी थिइन् र इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त फोटोलाई उनका आफ्ना ५ लाख असी हजारभन्दा धेरै फलोअर्सले शेयर गरेका थिए ।

मोडलले बिबिसि समक्ष आफ्नो उद्देश्य मानिसहरुलाई हसाउन भएको बताइन् । उनले गरेको पोस्ट टर्कीका अधिकारीहरुलाई चित्त बुझेन र उनलाई घर पुग्नासाथ गिरफ्तार गरिएको थियो । टर्कीमा अश्लिलता कानूनमा इन्टरनेटमा आपत्तिजनक सन्देश प्रवाह गर्ने सामग्री प्रकाशित वा प्रसारित गर्नु अपराध मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०