सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस, अप्ठेराेमा नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७८, सोमबार ०५:०८

काठमाडौं । सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसलाबाट सरकारको नेतृत्व गरेका सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस भएको छ । असार २९ गते मंगलबार प्रधानमन्त्रीको सफथ लिएका शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै कठिन भएको हो ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको कसर गरिरहेको बेला एमालेका माधव नेपाल समूह भने सरकारमा जाने कि नजाने भन्नेबारे अनिर्णित देखिन्छ । नेकपा (माओवादी केन्द्र)ले पनि सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुको नाम टुंग्याउन सकेको छैन ।

आज बसेको स्थायी समिति बैठकले पनि मन्त्रीहरुको नाम टुंगो लगाउन सकेन । भोलि दिनको ३ बजे बस्ने बैठकले मन्त्रीको टुंगो लगाउने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पनि काङ्ग्रेसबाट कोकसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन् । सोमबारसम्ममा मन्त्रिपपिरष्द विस्तारलाई पूर्णता दिने योजना बनाए पनि मन्त्रालयको बाँडफाँडमा गठबन्धनका अन्य दलसँग कुरा नमिल्दा मन्त्रीहरुको टुंगो लगाउन कठिन भएको हो ।

३ साउनमा प्रतिनिधिसभामा विश्वासको मत लिएका देउवाले मन्त्रालय बाँडफाँड मिलाउन प्रयास गरिरहेका छन् । तर, उनी निर्क्योलमा पुग्न भने सकेका छैनन् ।

यता सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउन अन्तिम कसरतमा जुटेका छन् ।

शनिबार मात्रै संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । स्रोतका अनुसार यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको छ । आफ्नो भागमा ७ मन्त्रालय परेको जसपामा मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न अन्तिम छलफल भइरहेको छ । सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरिसकेका छन् ।

त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा रहेको छ । ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई पनि विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेको एक नेताले बताए ।

त्यस्तै राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । इस्तियाक राई, अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूको भनाई छ । प्रदेश-१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् ।

जसपाको अर्को समूह महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएको थियो । अन्तिम समयमा विश्वासको मत दिने निर्णय गरेका महन्थले पक्ष भने सरकारमा नजाने भएका छन् ।

अफ्ठेरोमा माधव नेपाल !
एमालेका बरिष्ठ नेता माधव नेपाल समूहले सरकारमा जाने कि नजाने भन्नेबारे ठोस निर्णय दिन सकेको छैन । यद्यपी माधव समुहका नेताहरुले भने एमाले एकता जोगाउनका लागि भए पनि सरकारमा जान नहुने बताउँदै आएका छन् ।

माधव पक्षका केहि सांसदले भने प्रधानमन्त्री देउवालाई भेटेर सरकारमा सहभागी हुने चाहना व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आइतबारको स्थायी कमिटी बैठकमा माधव नेपाल तत्कालै सरकारमा जाने अवस्थामा नरहेको भन्दै नेपालनिकट सांसदहरू भने व्यक्तिगतरूपमा मन्त्री बन्न खोजिरहेका बताएका हुन् ।

‘एमालेका चार/पाँच जना सांसदले प्रधानमन्त्रीलाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेछन् । तर, प्रधानमन्त्रीले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काएछन् । माधव समूह नै सहभागी नभई व्यक्तिलाई बनाउन हुन्न भन्ने मेरो पनि मत हो । तर, माधवजी अप्ठेरोमा छन्’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने ।

माधव नेपालसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । स्रोतका अनुसार सरकारमा सहभागी हुन पनि दबाव उता एमाले अध्यक्ष ओलीसँग पनि वार्ताका लागि नेपालमाथि दबाब परेको छ । नेता नेपालले भने ठोस निर्णय गर्न सकेका छैनन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु अहिले कसको नेतृत्वमा कसकसलाई मन्त्री पठाउने भन्ने आन्तरिक गृहकार्यमा छ । सरकारको नेतृत्व गर्ने पुगेको २० दिन पुगिसक्दा पनि मन्त्री कसलाई बनाउने भन्ने दाउपेचमै अल्झिएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

यता स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहरको चेतावनी दिइसकेको छन् । सरकारले भने मन्त्री छान्नै नसक्दा आलोचना सुरु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०