जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७८, आईतवार ०५:०४

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।

बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१