कोरिडोर क्षेत्र डम्पिङ साइट जस्तै बन्न थालेपछि समितिले देखायो अग्रसरता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७८, बिहीबार ०५:४०

काठमाडौं । उपत्यकासँगै वाग्मति नदीलाई सुन्दर हराभरा बनाउनका लागि भन्दै वाग्मती कोरिडरको निर्माण कार्य २००९ मा सुरु भएको थियो । हाल यो अभियान सुरु भएको १० वर्ष भन्दाबढी भइसकेको छ । ५ वर्षमा सम्पन्न हुने लक्ष्यका साथ सुरु भएको वाग्मती कोरिडरको कार्य अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन् । काम नभएको भन्नेपनि होइन कतिपय क्षेत्र कार्य सम्पन्न भई सञ्चालनमा पनि आइ सकेको छ तर कतिपय स्थानको अवस्था भने झनै कन्तबिजोक बन्दै गएको छ । गोकर्णेश्वर नगरपालीका अन्तरगत पर्ने नारायणटारस्थित कोरिडर सडकखण्डको अवस्था झनै नाजुक बन्दै गएको त्यसको ज्वलन्त उदाहरण हो । कोरिडर निमार्ण अभियान सुरु भएको यतिका वर्षसम्म पनि नारायणटारस्थित वाग्मती कोरिडर सडक खण्डको देब्रे पट्टिको सडक बन्नुको साटो झनै दुर्दशामा परिणत भएको देखिन्छ । वर्षौदेखि सो सडक खण्डमा धुलो ,धुवा ,हिलो खाल्डो र फोहोर लगाएतका समस्याका कारण स्थानीयहरुले सास्ती खेप्न बाध्य छन् ।

सरकारले वाग्मती कोरिडर नदीको बाधलाई सुदृढ पार्ने, यसको किनारा र वरपर फैलीएको फोहोरलाई व्यवस्थीत गर्ने,सडकनिमार्णलाई तीव्रता दिने,सडक छेउछाउ वृक्षारोपण गर्ने लगायतका लक्ष्यका साथ सुरु गरेको थियो । तर गोकर्णेश्वर नगरपालीका अन्तर्गतमा पर्ने नारायणटारस्थित वाग्मती कोरिडरमा भने लक्ष र परिकल्पनाको ठिक विपरीत देखिन्छ । सडक खण्डको निर्माणको साटो अव्यवस्थित तरीकाले पार्किक गरेका सवारी असरल्ल देखिन्छ भने । ठूलाठूला गाडी, ट्रक ट्याङकर र फोहोरको थुप्रोले वाग्मती कोरिडर क्षेत्र सुन्दर नभई कुरुप बन्दै जान थालेको छ ।

निर्वाचनको समयमा चुनावी नारा बनाएर भोट बटुल्न माहिर भएका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु भने यस्तो अवस्था हुँदासम्म कानमा तेल हालेर बसेको स्थानियको गुनासो छ । कोरिडरको अवस्था नाजुक बन्दै जान थालेपछि २ महिना अघि सोही अभियानलाइ निरन्तरता दिन वाग्मती कोरिडर विकास समिती निमार्ण भएको वाग्मती कोरिडर विकास समिती अध्यक्ष तुलसी पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा अव्यवस्थित तवरमा पार्किङ गरेर राखिएका सवारी साधन हटाउने कार्य सूरु गरिएकोे छ ।

कोरिडोर क्षेत्रको राम्रो व्यबस्थापन हुन नसक्दा डम्पिङ क्षेत्र जस्तै बन्न थालेपछि समितिले अग्रसरता देखाएको हो ।
अध्यक्ष पौडेलले समितिको पहिलो प्राथमिकता कोरिडोर क्षेत्रको सडक खण्डमा सर्वसाधरण आवत जावत गर्न सहज बनाउनु रहेको बताए । हामीले सडकमा हिलो कम गर्न, छेउछाउ पानी तर्काउने, कुलो बनाउने,सम्याउन, खाल्डा खुल्डी पूर्ने र ग्राबेल गर्ने,फोहर फाल्न नदिने र सडक छेउछाउमा अव्यवस्थीत पार्किङ गरेका सवारी साधन हटाउने कार्यलाई जोड दिएका छौं अध्यक्ष पौडेलले भने हाम्रो दोस्रो प्राथामिकता समितिको समन्वयमै वाग्मती सभ्यता एकिकृत विकास समितिले व्यूटी फिकेसन प्रोग्रामलाई अगाढि बढाईरहेको र वर्षाको समय सकिए लगतै सो कार्यक्रम सञ्चालका साथै उक्त सडकखण्डलाई ढलान गरिने छ ।

कोरिडोर क्षेत्रको राम्रो व्यवस्थापन हुन नसक्दा यस क्षेत्र काठमाडौको डम्पिङ क्षेत्र जस्तै बनेको छ अध्यक्ष पौडेलले भने यो हाम्रो लागि पनि दुखद कुरा हो । त्यसैले हामीले समिति बनाएर व्यवस्थापनको लागि अग्रसरतासँगै सम्बन्धीत निकायलाई निमार्णकार्यलाई तीव्रता दिन झकझकाइरहेका छौं ।

समितिले प्रत्येक शनिबार सो क्षेत्रमा सरसफाई अभियानका साथै फोहोर नफ्याक्न जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्रोत झरना खबर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१