एसईईको नतिजा साउन २५ गते सार्वजनिक हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७८, बिहीबार ०५:२६

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्डले जनाएको छ ।

अहिले सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कनको नतिजा आएको र उक्त मूल्याङ्कन रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । दोस्रो लहरको कोभिड-१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१