प्रधानमन्त्री पत्नी आरजुको स्कुलमा अचाक्ली लुट, प्रीनर्सरी विद्यार्थीकै मासिक शुल्क २६ हजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७८, बुधबार ०५:४१

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी डा. आरजु देउवाको आफ्नै स्कुल छ ।

युलेन्स स्कुलको उहाँ अध्यक्ष हो । उक्त स्कुलमा यस्तो जटिल अवस्थामा समेत प्रीनर्शरी पढ्ने विद्यार्थीसँग मासिक शुल्क २६ हजार उठाउने गरेको खुलासा भएको छ ।

यद्यपी यो विद्यालय गैर नाफा मुलक भनी चर्चा गर्ने गरिएको छ ।

मतलव यो गैर सरकारी संस्थाको रुपमा दर्ता भएर गैर नाफा मुलक संस्था भनिएको छ ।

हामीलाई प्राप्त प्रमाण अर्थात उक्त स्कुलको बिलमा युलेन्स स्कुलको प्रीनर्सरी कक्षामा अध्ययनरत एकजना बिद्यार्थीको मासिक शुल्क रु २६ हजार ७० रहेको प्रष्ट देखिन्छ ।

‘यो त हदैसम्मको लुटधन्दा हैन र ?’ हामीलाई उक्त बिलको प्रमाण दिने एक अभिवावक भन्नुहुन्छ, ‘हामीले यसबारेमा केहिपनि बोल्न मिल्दैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको स्कुल भएकाले मौन बस्नु हाम्रो वाध्यता पनि हो ।

उहाँको यो स्कुलमा ७५ प्रतिशत लगानी छ । त्यसमाथि यो स्कुलमा ठुला ठुला मान्छेका छोराछोरी पनि पढ्छन् । हामीले विरोध गर्दा कसैको साथ नपाउने पनि पक्का छ ।

ठुल्ठुला पार्टी र तिनका ठुलाठाला नेताहरुका छोराछोरी मात्र यो स्कुलमा पढ्छन । त्यो बाहेक मन्त्रालयका सचिव, सह–सचिव र ठुला व्यापारीहरुका बालबच्चाले पनि पढ्न पाउने भए, जोसँग अथाह सम्पति छ ।

हामी रहरकै भरमा राम्रो हुन्छ भनेर उक्त विद्यालयमा पढाउने अभिवावक त सधैं मर्कामा नै छौं ।’ उहाँ अभिवावकले हामीलाई भन्नुभयो ।

यसबारे हामीले स्कुलका सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयास गरेका थियौं । तर हामीसँग कुराकानी गर्ने स्कुलकी एक कर्मचारीले यो स्कुलको नीजी मामला भएको र अभिवावकको समेत स्वीकृति भएको हुनाले यसबारे कसैसँग पनि बोल्न नमिल्ने जानकारी दिनुभयो ।

‘युलेन्स स्कुल नेपालकै प्रतिष्ठित स्कुलमध्ये पर्छ । त्यसैले यस्ता कुरा हामीसँग नगर्नु होला ।’ उहाँले ठाडै भन्नुभयो ।

यता यो विद्यालयमा निकै ठुला ठुला व्यक्ति संचालक समितिमा छन् ।

डा. आरजु देउवा अध्यक्ष रहेको उक्त स्कुलमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि कर्ण बहादुर थापा, अभिवावकका प्रतिनिधि कामक्षी याक्थुम्बा, र प्रविण चित्रकार, स्थानीय प्रतिनिधि मदन राइ, शिक्षक प्रतिनिधि देपाली राणा खड्का र सदस्य सचिव मेदिन लामिछाने (उहाँ स्कुलका प्रिन्सिपल हुनुहुन्छ) हुनुहुन्छ ।

उहाँहरु सबै कांग्रेसी कार्यकर्ता हुनुहुन्छ । उहाँहरु सबै नेतृ आरजु देउवाका निकट पात्र समेत हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०