सिन्धुपाल्चोकको बाढी पीडितलाई माओवादी केन्द्रद्वारा झण्डै ६७ लाख आर्थिक सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७८, मंगलवार ०५:३१

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र), बाग्मती प्रदेश कमिटीले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा राहत स्वरूप आर्थिक सहयाेग उपलब्ध गराएको छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा गत १ असारमा गएको बाढीबाट भएको क्षतिको पुनःनिर्माण तथा बाढी पहिरो व्यवस्थापनका लागि झण्डै ६७ लाख रकम सोमबार हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश, माओवादी केन्द्रका अध्यक्ष नारायण दाहाल, पूर्वसांसद तथा माओवादी केन्द्रका नेता हितमान शाक्य, हित बहादुर तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता माधव सापकोटा ‘सुबोध’, युवराज दुलाल ‘शरद’ तथा चन्द्रबहादुर थापा ‘किशोर’ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०