सेती नदीको खोँचमा युवतीको शव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७८, मंगलवार ०५:२८

कास्की । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाेँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५ । ३० वर्षीया युवतीको शव भेटिएको हो ।

उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१