मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु काठमाडौं ल्याइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७८, आईतवार ०५:२२

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु काठमाडौं ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव आज बिहान वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको नेपाल एयरलाइन्सले जनाएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा काठमाडौं ल्याइएका सबै शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

आज क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । त्यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको छ ।

सबैभन्दा बढी नेपाली कामदारहरु वैदेशिक रोजगारीका क्रममा रहेको मुलुक मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१