बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७८, बुधबार ०५:१८

काठमाडाैं । गतबर्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले हटाएकाे बकर इदकाे बिदा वर्तमान शेरबहादुर नेतृत्वकाे सरकारले दिएकाे छ । बकर इदको अवसरमा बुधबार सरकारले सार्वजनिक बिदा दिएको हाे ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०