अवैध मोबाइल रोक्ने एमडीएमएस लागू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७८, सोमबार ०५:१०

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ ।

प्राधिकरणले हालै पूर्णरुपमा कार्यान्वयन गर्न नसकेपनि विदेशबाट भित्रने अवैध मोबाइलाई रोक्ने गरी पहिलो चरणमा यो प्रणाली लागू गरेको हो।

प्राधिकरणले बिहीवार सूचना जारी गर्दै मोवाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृती गर्न तथा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने प्रावधान भएकोले नेपाल दूरसंचार प्राधिकरणबाट मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागु गरिएको जनाएको हो ।

‘हाल पहिलो चरणमा अव्यवसायिक आयातकर्ताले मोवाइल आयात गर्दा मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ’ विज्ञप्तीमा भनिएको छ ।

व्यक्तिगत रुपमा आयात गरिएको मोवाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१