तौल बढाउने र घटाउने यी पाँच सुत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७८, शनिबार ०५:३४

एजेन्सी । तौल बढ्दा हृदय रोग, मधुमेह, स्ट्रोकका साथै विशेष प्रकारका क्यान्सरहरुको सम्भावना रहने हुन्छ । यस्तो अवस्थामा शरीरको तौल नियन्त्रण गर्न अत्यन्त जरुरी हुन्छ । तौल व्यवस्थापन कार्यक्रमबाट एकै महिनामा ३ किलोसम्म तौल कम गर्न सकिन्छ । अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि यसको पुष्टी गरेको छ ।

१. खाजामा प्रोटिनको मात्रा बढाउँदा ६० प्रतिशतसम्म भोजनको इच्छा घट्छ ।
अमेरिकास्थित नेशनल इस्टिट्यूट अफ हेल्थमा प्रकाशित रिसर्चका अनुसार कार्बोहाइड्रेटको तुलनामा प्रोटिन बचाउनका लागि शरीरमा धेरै नै क्यालोरी खर्च गर्नुपर्ने हुन्छ । । नेशनल लाइब्रेरी अफ मेडिसिनको अध्ययनमा दिनभर लिइने कूल क्यालोरीमा यदि प्रोटिनको मात्रा २५ प्रतिशत बढाइए भोकको इच्छा ६० प्रतिशतसम्म कम हुन जान्छ । जसमा क्यालोरीको मात्र घट्दछ ।

२. तौल घटाउने यी खाना खानुहोस् ।
दालहरु र गेडागुडी प्रोटिन र फाइभरको राम्रो स्रोत हो । यसमा क्यालोरीको मात्रा कम हुन्छ । त्यसैगरी सागजन्य तरकारीहरुमा उच्च फाइबर र लो क्यालोरी पाइन्छ । जसले गर्दा भोक कम लाग्ने हुन्छ । यसबाट पनि शरीरको तौल कम गर्न मद्दत मिल्छ ।

३. राम्रो निन्द्राः कम निद्राले पनि भोक कम गराउने हर्मोन घट्छ रभोक बढ्छ ।
निद्रा कम लाग्दा भोक कम गराउने हर्मोन लेप्टिनको स्राव कम हुन्छ । यसले गर्दा खाना पचाउने हर्मोन बढ्न थाल्छ । युनिभर्सिटी अफ कोलोराडोका अनुसार कुनै व्यक्ति हप्तामा ५ घण्टामात्र निदाउँछ भने उसको तौल एक किलो बढ्न सक्छ ।

४. बिस्तारै खानुहोस्ः तीब्र रुपमा खाना खाँदा धेरै क्यालोरी लिइने हुन्छ, भोक नियन्त्रण हुन्न ।
स्वास्थ्य पत्रिका हेल्थ लाइनका अनुसार खाना पचाउने हर्मोन र भोकलाई नियन्त्रण गर्ने हर्मोनको संकेत दिमागसम्म पुर्याउन २० मिनेट लगाउँछ । यस्तो अवस्थामा तीब्र रुपमा खाना खाँदा दिमागसम्म संकेत पुर्याउन्जेलसम्म तपाईंले धेरै क्यालोरी ग्रहण गरिसक्नु भएको हुन्छ ।

५. चिनीयुक्त पेय पदार्थ तथा जुसबाट टाढा रहनुहोस् ।यसले दुई किलोसम्म तौल बढाउँदछ ।
हार्बर्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थका अनुसार चिनीयुक्त पेय पदार्थहरु, गुलिया फलफूलका प्याकिङ जुस तौल नियन्त्रण गर्ने प्रणालीमा व्यवधान खडा गर्दछन् । दैनिक सोडा, कोला, फ्रुट, इनर्जी ड्रिंक मध्ये एक पिउँदा र त्यसको सट्टामा भोजनबाट क्यालोरीमा कुनै कटौती नगरे वर्ष दिनभरिमा लगभग २ किलो तौल बढ्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१