रामशरण महतद्वारा गाउँ- गाउँमा स्वास्थ्य सामग्री सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७८, शुक्रबार ०५:२१

नुवाकोट। नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पञ्चकन्या र शिवपुरी गाउँपालिक अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।No description available.डा महतको सचिवालयबाट खटिनु भएका प्रदिप थापा, रामेश्वर थापा, शुसिल खड्का, तथा हरि दुलालको टिमले विहिवार उक्त स्वास्थ्य सामग्री शिवपुरी र पञ्चकन्या गाउँपालीकामा पुगेर गाउॅपालिका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गर्नु भयो । स्वास्थ्य चौकीका लागि हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमा माक्स, सेनिटाइजर, पि पि , जिङ्क ट्यावलेट, भिटामिन सि लगायत स्वास्थ्य सामग्री रहेको छ । यस अघि सुर्यगढी र लिखु गाउँपालिकामा वितरण गरिसकेको तथा केही दिनमा दुप्चेश्वर, तादी लगाएतका गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा वितरण गरिने कार्यक्रम रहेको डा महतको सचिवालयबाट जानकारी गराइएको छ । महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ आफुले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको पूर्व अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१