सरकारले असार २५ गतेसम्म लम्ब्यायो कर तिर्ने समय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७८, बिहीबार ०६:०५

काठमाडौं । सरकारले कर तिर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले कर तिर्ने म्याद असार २५ सम्म थप गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइ भएपछि मन्त्रालयले म्याद थपेको हो ।

मूल्य अभिविद्धि करको २०७७ चैत्रको र २०७८ वैशाख महिनाको मासिक तथा गत वर्ष चैत्र र २०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म थपिएको छ ।

गत वर्ष चैत्र र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करबट्टी भएको आयकर असार २५ सम्म तिर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वमित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ गतेसम्म कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१