मेलम्ची खानेपानीको मुहानमै बाढी पहिरो, आसपासका बस्ती बगायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७८, बुधबार ०६:०५

काठमाडौं । मेलम्चीको मुहानमै बाढी पहिरो जाँदा आसपासका बस्ती बगाएको छ । प्रहरीका अनुसार, विद्युत अवरुद्ध छ । रातको समय भएकाले क्षतिको कुनै अनुमान गर्न सकिएको छैन ।

आज बेलुका मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । सोही पहिरोसँगै आएको बाढीले बस्ती बगाएको छ, कतिपय बस्ती डुवानमा छ ।

हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । चनौते बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले उज्यालो नभई केही गर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१