किमोलुङ फाउण्डेसन नेपालद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७८, मंगलवार ०५:५६

काठमाडौं । किमोलुङ फाउण्डेसन नेपालले  कोरोना संक्रमित पत्रकारको लागि केन्द्रीय कार्यालयमा व्यवस्था गरेको आइसोलेसनका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा किमोलुङ फाउण्डेसन नेपालले  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय उक्त सामग्री प्रदान गरेको हो। संघका अध्यक्ष मुकुन्द ढुंगाना र फाउण्डेसनका अध्यक्ष वान्ग्चु राप्तेंन लामाले  पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,महासचिब रोशन पुरी ,सचिब गोबिन्द चौलागाई ,प्रकास थापा लगाएत केन्द्रीय सदस्यको उपस्थितिमा नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको लागि केन्द्रीय कार्यालयमा व्यवस्था गरेको आइसोलेसनका लागि किमोलुङ फाउण्डेसन नेपालले मास्क १ हजार पिस, ग्लव ५ सय जोडी, इन्फारेड थर्मोमिटर १ थान, अक्सिमिटर १ थान, फेससिल ५० थान र सेनिटाइजर ५० पिस उपलब्ध गराएको छ ।

विभिन्न संकटमा मानवीय सेवा र सहयोग गर्दै आएको बताउदै लामाले  आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए। स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले उक्त सहयोगका लागि किमोलुङ फाउण्डेसन नेपाल धन्यवाद दिएको छ। महासंघले स्वास्थ्य सामग्री कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारलाई प्रदान गरिने जनाएको छ।

उक्त स्वास्थ्य सामग्री सहयोगका लागि सहकार्य गरिदिनुहुने राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानालाइ महासंघले बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।

सायद 1 व्यक्ति, उभिएको तथा  घरभित्र को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद 'नेपाल पत्रकार महासंघ Federation of Nepali Journalists (FNJ) केन्द्रीय समिति, सज्चारग्राम, काठमाडीं, नेपाल RefNo. ੨੨४ 10७७ पत्रकार केन्तीय Central Committee मिति २०७६।०२।३१ श्री अध्यक्षज्यू किमोलुड फाउण्डेसन नेपाल गो.न.पा.-९ आरुबारी, काठमाडौं धन्यवाद-पत्र नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको लागि केन्द्रीय कार्यालयमा व्यवस्था गरेको आइसोलेसनका लागि किमोलुड फाउण्डेसन नेपालतर्फबाट मास्क हजार पिस, गलव सय जोडी, इन्फारेड थर्मोमिटर थान, अक्सिमिटर थान, फेससिल ५० थान र सेनिटाइजर ५० पिस उपलब्ध गराएको छ उक्त सहयोगका लागि महासंघ किमोलुड फाउण्डेसन नेपाल परिवारलाई हार्दिक आभार व्यक्त गर्दछ र, आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राख्दछ रोसन पुरी महासचिव ποnει Sannad Kathmandu, Nepal fnjnepalcentral@gmall.com www.fnjnepal.org' भन्ने पाठ को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१