नेपाललाई उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७८, आईतवार ०५:११

काठमाडौं । नेपाललाई विश्व बैंकले उच्च शिक्षाका लागि ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ । शुक्रबार बैंकको बोर्ड अफ डाइरेक्टरले उक्त सहायताको अनुमोदन गरेको जारी वक्तव्यमा उल्लेख गरेको छ ।

विश्व बैंकले नेपालमा विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन शिक्षामा जोड दिन उक्त रकम विनियोजन गरिएको उल्लेख गरेको छ ।

उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पु¥याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको हो ।

यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१