सरकारले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोपको सुनिश्चित गरिसक्यो : स्वास्थ्यमन्त्री तामाङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७८, बुधबार ०५:२१

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्ने गरी काम गरिरहेको बताएका छन् ।

चन्द्रागिरी नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमन गर्दै मन्त्री तामाडले खोपको नलगाएसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आव्हान गरे ।

मन्त्री तामाडले नगरपालिकाले आफ्नै लगानीमा उत्पादन गरेको अक्सिजन प्लान्टको उद्घाटन गर्न पाउँदा खुशी समेत व्यक्त गरे ।

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम रहेको बताउँदै मन्त्री तमाडले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गरे ।

 

चन्द्रागिरी नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको बताउँदै प्रदेश सांसद रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटमा स्थापित अस्पताल सुधारका लागि केन्द्र सरकारसँग सहयोगको माग समेत गरिन् ।

प्लान्ट उद्घाटन कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले प्लान्ट निर्माणमा सहयोग गर्ने सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चन्द्रागिरी नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए ।

अध्यक्ष खड्काले निर्माण शुरु भएको १५ दिनमै अक्सिजन उत्पादन शुरु गराएका हुन् ।

७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । विना रसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ टेक्नोलोजिको रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०