निकसँग रोमान्टिक प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७८, सोमबार ०४:५९

काठमाडौं । बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल नायिका प्रियंका चोपडाले रोमान्टिक तस्विर सार्वजनिक गरेकी छन् । उनले आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गरेकी हुन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन्, जसमा उनी आफ्ना श्रीमान् निकसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । केही समय लण्डनमा बिताएपछि प्रियंका र निक अमेरिका फर्किएका छन् । उनीहरु, हालैमात्र बिलबोर्ड्स म्यूजिक अवार्डमा सहभागी भए । प्रियंकाले अवार्ड शोमा हाई स्लिट गाउन लगाएकी थिइन् । जुन पहिरनमा उनी निकै नै आकर्षित देखिएकी छिन् ।

‘श्रीमानको लागि प्रशंसाले भरिएको पोष्ट लेख्दैछु । मलाई तिमीमाथि गर्व छ । तिमी जे पनि काम गर्छौ मलाई ती सबै काममा गर्व छ । तिम्रो काम गर्ने तरिकाले मलाई हरेक दिन प्रभावित गर्छ । आज तिमीले शानदार काम गरेका छौं । आई लभ यू ।’ निकसँगको तस्वीर शेयर गर्दै चोपडा लेखेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१