आलुका बोक्रा लगाउन जाने मुलायम र कपाल कालो, चायो मुक्त टाउको !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७८, बुधबार ०५:१५

काठमाडौं । उमेर नपुग्दै कपाल फुल्ने समस्या अहिले आम मानिसको साझा भएको छ । कपाल सेता हुनु, झर्नु सामान्य समस्या भइरहँदा यसको उपचार अझ सरल हुन्छ । कपालको हेरचाहका लागि मानिसहरु अक्सर रासायनिक युक्त कुराहरु प्रयोग गर्दछन् ।

जसको परिणाम अझ डरलाग्दो हुन्छ । बजारमा पाइने रासायनिक युक्त स्याम्पुलगायत अन्य कुराहरु कपालमा लगाउँदा कपाल निर्जीव हुन्छ र पुरानो रङ्ग, चमक पनि समाप्त हुन्छ ।

यदि तपाईंको कपालमा पनि यस्तै केही भइरहेको छ भने, एक पटक आलुको बोक्रा प्रयोग गरेर हेर्नुहोस् । यो कपाल कालो गर्ने एक प्राकृतिक तरीका हो । आउँनुहोस् आज हामी यस विषयमा तपाईंलाई जानकारी दिन गइरहेका छौँ ।

हेयर मास्क अर्थात प्राकृतिक कालो कपाल बनाउनको लागि सबैभन्दा पहिले आलुको बोक्रा ताछ्नुहोस् । ताछेका बोक्राहरुलाई चिसो पानीमा राख्नुहोस् र त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस् । उमालेपछि, उक्त पानीलाई पूर्ण रूपमा चिसो हुन दिनुहोस् । त्यो पानीलाई छानेर एक बोतलमा राख्नुहोस् ।

त्यो पानीलाई तपाईको टाउकोमा ५ मिनेट मालिश गरेर केहि समयका लागि छोड्नुहोस् । यो आलुको पानी तपाईंको कपालमा लगाएपछि ३० मिनेटको लागि त्यस्तै छोड्नुहोस् । त्यस पछि यसलाई चिसो पानीले धुनुहोस् ।

विज्ञहरू भन्छन् कि, यो विधि धेरै वर्षदेखि प्रयोग भैरहेको छ । आलुको बोक्रामा रहेको स्टार्चले प्राकृतिक र रङ्गको रूपमा काम गर्छ । आलुको बोक्राको पानी कपालमा लगाउँदा भिटामिन–ए, बी र सी प्राप्त हुन्छ ।

ति भिटामिनले टाउकोको छालामा जमेको तेल हटाएर कपालमा चाँया पर्न दिदैँन । यति मात्र होइन, त्यसमा आइरन, जिङ्क, पोटासियम र क्याल्सियम जस्ता धेरै खनिजहरू मात्रा पाइने हुँदा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ ।

हप्तामा एक वा दुई पटक यो प्रक्रिया प्रयोग गरेर तुरुन्तै फरक देख्न सक्नुहुनेछ । आलुले कपालको लागी एक प्राकृतिक कन्डिशनरको रूपमा पनि कार्य गर्दछ । आलुको बोक्राको रस कपालमा हप्तामा ३–४ दिन प्रयोग गर्नाले कपालमा चमक आउँछ र सिल्की हुन्छ ।

यी साधारण घरेलु उपचारहरू अपनाएर तपाई आफ्नो कपाललाई अल्पायुमा नै सेतो हुनबाट रोक्न सक्नुहुन्छ । आजै यी उपायहरुअपनाएर परिवर्तन देख्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०