बेलायतका प्रधानमन्त्री जोन्सनको तेस्रो विवाह, को हुन् २३ वर्ष कान्छी श्रीमती ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०४:५७

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ ।

बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गर्नु भएको हो ।

उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ ।

उहाँहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गर्नु भएको हो । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् ।

बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।

उहाँहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।

प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको हुनुभएको छ भने उहाँकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१