सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७८, आईतवार ०४:४०

काठमाडौँ। ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामाकरण गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामाकरण गरी थप विकसित गरिने उल्लेख छ ।

यसका लागि आवश्यक रकम समेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी पूर्वमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०