तातो पानीले नुहाउनुस् डिप्रेशन भगाउनुस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७८, बिहीबार ०४:२२

एजेन्सी । अमेरिकी वैज्ञानिकहरुले हालै गरेको एक रिसर्चमा डिप्रेशन हटाउन तातो पानीले नुहाउँदा फाइदा पुग्ने बताएका छन् । अमेरिकाको विस्कोन्सिन युनिभर्सिटीको रिसर्चमा डिप्रेशनका बिरामीले तातो पानीले नुहाउँदा शरीरमा ताजगी आउने र डिप्रेशनको खतरा पनि कम हुने बताइएको छ । वैज्ञानिकका अनुसार हरेक ५ जनामा एक जना बेलायती नागरिक डिप्रेशन वा बेचैनीबाट पीडित छन् । यिनमा निरुत्साहीपन, थकान र अनिद्रा जस्ता लक्षण देखिने गरेको छ ।

शोधकर्ताहरुका अनुसार आम रुपमा बिरामीहरुलाई परामर्शका माध्यमबाट डिप्रेशनको कारण पत्ता लगाउने गरिन्छ र एण्टीडिप्रेसेन्ट औषधि दिइने गरिन्छ । डिप्रेशनका करीब ३० प्रतिशतमा औषधिले पनि काम गर्दैन । कति हप्तासम्म एण्टीडिप्रेसेन्टका कारण साइडइफेक्टको पनि खतरा हुने हुन्छ ।

सन् १९९५ मा बायोलोजी साइक्याट्री जर्नलमा प्रकाशित रिसर्चका अनुसार बढी ज्वरो आउँदा पनि यसले डिप्रेशनलाई कम गर्दछ । यो धारणाका साथ अमेरिकी वैज्ञानिकहरुले डिप्रेशनसँग लडिरहेका बिरामीहरुको शरीर हिट वइलको सहायताले ३८.३ डिग्री सेन्टीग्रेटसम्म तातो बनाइयो । यसको एक घण्टा पछि शरीर चिसो गराइयो । रिसर्चको नतिजाले भन्छ ६० प्रतिशत बिरामीहरुमा यसको असर भयो र बाँकी ४० प्रतिशत बिरामीमा पनि पहिलो पटकमा नै असर देखियो ।

किङ्गस् कलेज लण्डनका मनोरोग विशेषज्ञ कामाइन पेरिएन्ट भन्छिन्, ‘डिप्रेशनका केही बिरामीमा शरीर सुन्निने कारण एण्टीडिप्रेसेन्ट औषधिले काम गर्दैन । यसका लागि डिप्रेशनबाट मुक्त हुन प्राकृतिक उपाय नै उत्तम हुन्छ ।’

अष्ट्रेलियामा ८, ६०० मानिसहरुमा भएको एक अध्ययनले खानपानमा हरिया रागसब्जी र फलफूलले पनि डिप्रेशन हटाउने बताइएको छ । रिसर्च गर्ने एडिथ कोवेन युनिभर्सिटीले तनाव लिने मानिसहरुले खानामा ४७० ग्राम फल र हरिया तरकारी खाए उनीहरुको तनाव १० प्रतिशत कम हुने जनाएको छ । शोधकर्ता सिमोन रेडवेल्लीले रिसर्चमा फलफुल र सागसब्जीको सीधा सम्बन्ध दिमागमा पर्ने पुष्टी गरेको बताए । डब्यूएचओले पनि स्वास्थ्य रहनका लागि दैनिक ४०० फल र सागसब्जी खाने सल्लाह दिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१