पूर्व राजा कोरोना मुक्त भई डिस्चार्ज, कोमल अस्पतालमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७८, बिहीबार ०५:४३

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । उनीसँगै संक्रमित पत्नी कोमल शाह भने अझै अस्पतालमै उपचाररत छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा १९ दिनअघि देखि उपचार गराइरहेका पूर्व राजा कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ घर फर्किएका हुन् ।

उनी बुधवार राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनकी पत्नी कोमललाई अझै अक्सिजन दिएर अस्पतालमै राखिएको छ । कोमलको अवस्था सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य अवस्थामा सुधार भएसँगै उनलाई आइसीयूबाट वार्डमा सारिएको छ । छोरी प्रेरणा शाहको पनि रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपनि उनी भने आमासँगै अस्पतालमा बसेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१