नोजाद्वारा पत्रकार महासंघ काठमाडौँ शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७८, मंगलवार ०५:१७

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले पत्रकार महासंघ काठमाडौँ शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सोमवार नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

उनले पत्रकार महासंघ काठमाडौँ शाखाका सहसचिव अर्जुन डोटेललाई सर्जिकल मास्क, स्यानिटाइजर लगाएतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई सुरक्षित रहेर काम गर्न नोजाले केही स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष ढुंगानाले बताए।

त्यस अबसरमा स्वास्थ्य संकटको समयमा पत्रकार महासंघ काठमाडौँ शाखालाई सम्झेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा सहसचिव डोटेलले नोजालाई धन्यवाद दिए।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  'RSESS ONS TIMES' भन्ने पाठ को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छफोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१