बेबीबम्पको नयाँ तस्बिर कारण ट्रोलसको निसानामा प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०५:२९

नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् ।

यसअघि सामाजिक सञ्जालमा वि आर प्रेग्नेन्ट भन्दै आफ्नो र आयुष्मान देशराज जोशीको तस्विर सार्वजनिक गरेकी थिईन् । फरक फरक स्टाईलमा खिचाईएका उक्त तस्विरमा उनले फरक फरक प्रतिक्रिया पाएकी थिईन् । धेरैले नकारात्मक टिप्पर्णी पनि गरेका थिए ।

यसैबिच प्रियंकाको पुन:अर्को तस्विर सार्वजनिक भएको छ । जसमा एकापट्टी उनी जुस पिउँदै गरेकी देखिन्छिन् भने अर्को तर्फ नाइटोलाई कलात्मक तरिकाले बेबिको आकृती दिएर बनाईएको तस्विरले जुस पिउँदै गरेको देखिन्छ । प्रियंकाको यो तस्विर अहिले निकै नै भाइरल छ । तस्बिरका कारण उनी ट्रोलसको निसानामा समेत परेकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०