यस्ता छन् नियमित सेक्स गर्दाका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०५:२२

एजेन्सी– सेक्सले शारीरिक सुख प्रदान गर्ने र सृष्टिलाई निरन्तरता दिने काम गर्छ । तर, यसले मानिसलाई स्वस्थ र दीर्घायु बनाउन पनि सहयोग गर्छ भन्ने विभिन्न  अनुसन्धानले देखाएको छ ।
यस्ता छन् सेक्सका फाइदा
राम्रो एक्सरसाइज: सेक्स शारीरिक क्रिया हो । सेक्सका क्रममा मानिसको शरीरमा व्यायाम गर्दाजस्तै क्रियात्मक बदलाब आउने गर्छ । सेक्सले शरीरको क्यालोरी नष्ट गरेर पनि मानिसलाई स्वस्थ बनाउने काम गर्छ । एक अनुसन्धानका अनुसार सातामा तीनपटक सेक्स गर्ने व्यक्तिले वर्षभरिमा ७५ माइल जगिङ गर्दा नष्ट हुनेजति क्यालोरी नष्ट गर्न सक्छ ।
दुखाइबाट छुटकारा: सेक्सका क्रममा स्त्री र पुरुष दुवैको शरीरमा इन्डरफिन नामक हर्मोन उत्पन्न हुन्छ, जसले पेनकिलरको काम गर्छ । एक अनुसन्धानका अनुसार खासगरी चरमोत्कर्षको समयमा सबैखाले दुखाइबाट छुटकारा पाइन्छ ।
प्रोस्टेटबाट सुरक्षा : सेक्सका क्रममा पुरुषले निकाल्ने प्रायस् हर्मोन प्रोस्टेट ग्रन्थिबाट निस्किने गर्छ । सेक्समा संलग्न नहुने व्यक्तिको प्रोस्टेट ग्रन्थिमा ती हर्मोन रहिरहन्छन्, जसले प्रकारान्तरमा समस्या उत्पन्न गर्न सक्छ । सेक्समा सरिक हुने व्यक्तिको प्रोस्टेट ग्रन्थि तुलनात्मक रूपमा स्वस्थ हुन्छ ।
प्रजनन क्षमतामा वृद्धि: सेक्समा संलग्न हुने महिलाको प्रजनन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ ।
तनावबाट मुक्ति: तनावबाट मुक्ति पाउने उपायमध्ये सेक्स एक रहेको पुष्टि भइसकेको छ । सेक्सका क्रममा शरीरमा डोपामाइन नामक पदार्थ उत्सर्जन हुन्छ, जसले तनाव सिर्जना गर्ने हर्मोनलाई कमजोर बनाइदिन्छ । त्यसै गरी सेक्सका क्रममा उत्सर्जन हुने इडरफिन हर्मोन र अक्सिटक्सिनले पनि मानिसलाई तनावमुक्त राख्न मद्दत पुर्या्उँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१