२४ घण्टामा काेराेनाबाट ८८ जनाकाे मृत्यु, आइसियुमा कति, भेन्टिलेरमा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०४:५८

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् ।

देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना छन् । यस्तै सङ्क्रमित निको भई चार हजार २२ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार ७८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट ८८ को निधन भएको छ । निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) को तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आज निधन हुनेको सङ्ख्या ८८ पुगेको जानकारी दिनुभयो । निधन हुनेसँगै नेपालमा अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।

यस्तै पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र वैतडी रहेका छन् ।

आइसियुमा ८३२ र भेन्टिलेरमा २६७

यसैगरी सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् ।

यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१