बलिउडमा जो ‘ग्ल्यामर लुक्स’ ले पनि टिकेनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७८, मंगलवार ०४:४१

बलिउड । ‘ग्ल्यामर लुक्स’ ले फिल्म क्षेत्रमा निकै ठूलो भूमिका राख्छ । विशेषगरी अभिनेत्रीहरुलाई ग्ल्यामरले फिल्म क्षेत्रमा टिकाइराख्ने विश्वास पनि गरिन्छ ।

बलिउडका केही अभिनेत्रीहरु जसले ‘बोल्ड लुक्स’ दिएर पनि फिल्म क्षेत्रमा आफ्नो करियर स्थापित गर्न सकेनन् ।

अमिषा पटेल
अमिषा पटेल बलिउडमा जसले ‘कहो न प्यार’ जस्ता थुप्रै सुपरहिट फिल्म दिएकी छन् । तर उनको ‘बोल्डनेस’ ले उनलाई लामो समय फिल्म क्षेत्रमा टिकाउन सकेन । उनी आजभोलि फिल्म क्षेत्रबाट टाढा भएकी छन् ।

रिमी सेन
बलिउडमा रिमीले ‘हंगा’ फिल्मबाट डेब्यू गरेकी थिइन् । उनले थुप्रै सुपरहिट फिल्ममा समेत काम गरेकी छन् । उनले फिल्ममा रोमान्टिक सीन दिएर पनि फिल्म क्षेत्रमा लामो समय टिक्न सकिनन् ।

शमिता शेट्टी
‘मोहब्बतें’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी शमिता शिल्पा शेट्टी सानी बहिनी हुन् । उनले जति नै बोल्ड लुक्स दिएपनि उनीपनि फिल्म क्षेत्रबाट टाढा भईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१