कोरोना महामारीकै बीच मोदीको नयाँ महल बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७८, मंगलवार ०४:३७

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको लागि नयाँ आवास बनाउन लागेका छन् । सन् २०२२ मा तयार हुने उक्त योजनालाई सेन्ट्रल भिस्टा प्रोजेक्ट नाम दिइएको छ । सम्पूर्ण देश कोरोना महामारीमा जुधिरहेको बेला उनको यस प्रोजेक्टको काम धमाधम भइरहेको बताइएको छ । भारतमा विपक्षीको बिरोध भइरहे पनि उक्त योजनालाई समयमै सक्न कडा निर्देशन दिइएको छ । अहिले मोदी प्रधानमन्त्री–७ लोक कल्याण मार्गमा बस्दछन् ।

आगामी डिसेम्बरसम्ममा नयाँ भवहरु तयार हुने बताइएको छ । ती भवनमा प्रधानमन्त्रीका अतिरिक्त उनको सुरक्षामा खटिने स्पेशल सुरक्षा समूहको मुख्यालय रहने छ ।

उक्त प्रोजेक्टको सम्पूर्ण खर्च १३ हजार ४५० करोड भारतीय रुपैयाँ हुने बताइएको छ । यस योजनामा ४६ हजार मानिसहरु कामदारको रुपमा खटिने छन् ।

मोदीको यस आयोजनाप्रति विपक्षी दलले विरोध गरेका छन् । सामाजिक सञ्जालमा पनि मानिसहरुले यो प्रोजेक्टलाई महामारीलाई मध्यनजर गरेर भएपनि रोक्न माग गरेका छन् । उनीहरुले अस्पताल बनाउनु पर्ने अक्सिजन, भ्याक्सिन र औषधीको अभाव रहेको बेला करोडौंको यस्तो प्रोजेक्ट रोक्न माग गरेका हुन् ।

अहिलेका राष्ट्रपति भवन, सांसद भवन, इन्डिया गेट र राष्ट्रिय अभिलेखालयका भवनहरुलाई पहिले कै स्थितिमा राखिने छ । अहिले उक्त क्षेत्रमा पार्क, अस्थायी निर्माण र पार्किङ रहेको छ । नयाँ संसद भवनका दुबै सदनका लागि पनि एक एक भवन हुनेछ । प्रधानमन्त्रीको नयाँ आवासीय भवनमा चार तलाका १० महल हुनेछन् । प्रधानमन्त्रीको नयाँ भवन १५ एकड क्षेत्रमा बनाइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१