सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७८, सोमबार ०५:२५

काठमाडौं । सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले दिएको जानकरी अनुसार भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

अन्य अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने भएको छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१