सलमानसँग स्क्रिन शेयर गर्न नचाहने यी अभिनेत्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७८, आईतवार ०५:३५

मुम्बई। अभिनेता सलमान खान बलिउडमा आफ्नो हिट फिल्मका लागि चिनिने अभिनेतामा पर्दछन् । सलमानसँग काम गर्न जोकोही अभिनेत्री चाहन्छन् ।

बलिउड लाइफका अनुसार बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले सलमानसँग स्क्रिन शेयर गर्न नै अस्वीकार गरेका छन् ।

सलमानसँग काम गर्न नचाहने अभिनेत्रीको सूचीमा पहिलो नम्बरमा दीपिका पादुकोण छिन् । उनले सलमानसँग अभिनयको अफर आएका करिब ६ फिल्म अस्वीकार गरेकी छन् ।

उनलाई निर्माताले ‘जय हो’, ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘किक’, ‘प्रेम रतन धन पायो’ र ‘शुद्धि’ जस्ता फिल्ममा अफर गरेका थिए । दीपिकाले अस्वीकार गरेपछि सलमानले दीपिकासँग गुनासो पोखेका थिए ।

बलिउड क्वीन कंगना रनावत आफ्नो फिल्मलाई लिएर निकै गम्भीर छिन् । कंगना निकै सोचेर, बुझेर फिल्मको छनोट गर्छिन् । कंगनालाई पनि सलमानसँग कामका लागि अफर आएको छ ।

उनलाई फिल्म ‘सुल्तान’बाट अफर आएको थियो । तर सलमानले यो अफरलाई अस्वीकार गरिन् । जसकारण हालसम्म पर्दामा सलमान र कंगनाको जोडी दर्शकले हेर्न पाएका छैनन् ।

कुनै समय अभिनेत्री ऐश्वर्या राय बच्चन सलमानकी प्रेमिका थिइन् । ऐश्वर्या अहिले सलमानसँग काम गर्न चाहन्नन् । फिल्म ‘हम दिल दे चुके सनम’ पछि यो जोडी कहिल्यै पर्दामा सँगै देखिएनन् ।

अभिनेत्री अमिषा पटेलले सलमानसँग ‘ये है जलवा’मा अभिनय गरेकी छन् । यो फिल्म बक्सअफिसमा सुपर फ्लप साबित भयो । यो फिल्मपछि उनलाई अर्को फिल्ममा पनि अफर आएको थियो । तर ‘ये है जलवा’को अवस्थालाई देखेपछि सलमानसँग अमिषा काम गर्न इच्छुक भएकी छैनन् ।

फिल्म ‘हम साथ साथ है’मा सलमान खान र सोनाली बेन्द्रेको जोडीलाई दर्शकले निकै मनपराए । यो फिल्मको सुटिङको समयमा सलमान कालो हिरणको मामलामा फसे । यो फिल्म पछि सलमान र सोनालीलाई धेरै निर्माता र निर्देशकले सँगै पर्दामा ल्याउन खोजे पनि सोनाली जहिल्यै टाढिइन् ।

अभिनेता अमृता रावले पनि सलमानसँग फिल्ममा काम गर्न अस्वीकार गरिसकेकी छन् । उनलाई फिल्म ‘प्रेम रतन धन पायो’मा अफर आएको थियो । उनलाई सलमानको बहिनीको भूमिकाको अफर आएको थियो । तर उनी सोनम कपुरको स्थानमा अभिनय गर्न चाहिन्थइन् ।

सलमानले अभिनेत्री जुही चावलाको फिल्म ‘दीवाना मस्ताना’मा केमियो गरेका थिए । त्यसपछि कैयौं निर्देशकले सलमान र जुहीको जोडीलाई पर्दामा ल्याउने प्रयास गरे । त्यो समयमा संघर्षरत सलमानसँग काम गर्न जुहीले अस्वीकार गरिन् ।

सलमान र अभिनेत्री ट्वींकल खन्नाले सन् १९९८ मा फिल्म ‘जब प्यार किसी से होता है’मा सँगै काम गरे । यो फिल्म पछि ट्वींकलले अन्य फिल्ममा सलमानसँग स्क्रिन शेयर गरिनन् ।

अभिनेत्री उर्मिला मातोंडकरसँग सलमानले ‘जानम समझा करो’ फिल्ममा काम गरेकी थिइन् । यो फिल्म असफल भएपछि उर्मिलाले सलमानसँग कहिल्यै काम गरिनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१