काठमाडौंवासीलाई जथाभावी नथुक्न प्रशासनकाे आग्रह (हेर्नुहाेस् सूचना)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७८, बुधबार ०५:४५

काठमाडौं । काठमाडौंवासीलाई घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि त्यस्तो आग्रह गरेको हो ।

प्रशासनले पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँड्डुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरेको छ । त्यसैगरी काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ ।

प्रशासनले अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०