वैशाखभर विद्यालय बन्द गर्ने नगर्नेबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७८, आईतवार ०४:२१

काठमाडौं । देशभर बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर सरकारी स्तरमा महत्वपूर्ण बैठक बसेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको हो ।

सिंहदरवारमा बसेको बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भएको छ । छलफलले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड–१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१