आमालाई ठगी गरेको आरोपमा कमल प्रसाद रेग्मी पनि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७८, शुक्रबार ०५:४५

काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालको श्रीमान्‌ कमल प्रसाद रेग्मीलाई प्रहरीले आज पक्राउ गरेका छन् ।

८५ वर्षीया आमा शोभा रिजाललाई ३ करोड ठगी गरेको आरोपमा सुष्मालाई गत चैत्र २२ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

एसएसपी अशोक सिंहले सोही अभियोगमा उनका श्रीमान् कमल प्रसादलाई पनि आज पक्राउ गरिएको जानकारी दिए ।

सुष्मालाई भने गत सोमबार जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको थियो । प्रहरीका अनुसार आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१