कोरोना भ्याक्सिन लिएपछि यौन जीवनमा यस्तो सतर्कता अपनाउन विज्ञको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७८, बुधबार ०४:५८

एजेन्सी । कोरोना भाइरसको भ्याक्सिन लगाएपछि के गर्ने के नगर्ने भन्ने बारेमा मानिसहरुमा छलफल हुने गरेको छ । सामाजिक सञ्जालमा मानिसहरु भ्याक्सिन र यौनक्रियामा पर्ने असरका बारेमा तर्क वितर्क गर्न थालेका छन् । यसबारे एक महत्वपूर्ण जिज्ञासा भ्याक्सिन लगाएपछि यौन जीवनमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने पनि रहेको छ ।

हाम्रो स्वास्थ्य मन्त्रालयले कुनै आधिकारिक निर्देशन जारी नगरे पनि स्वास्थ्य क्षेत्रका विद्वानहरुले केही सावधानीका बारेमा सल्लाह दिने गरेका छन् । उनीहरुका अनुसार पुरुष र महिलाहरुलाई भ्याक्सिनको दोस्रो चरण लिएपछि गर्भनिरोधकको प्रयोग गर्न सुझाउने गरेका छन् ।

कोलम्बिया एसिया अस्पतालको आन्तरिक औषधोपचारमा सम्लग्न डाक्टर दीपक बर्माले भारतीय मिडियासँग कुरा गर्दै भ्याक्सिनको कुनै लामो समय असर गर्ने र सेक्स पश्चात मानिसहरुमा के असर पर्छ भन्ने बारे यकीन जानकारी दिन नसकिने बताउँछन् । उनले भने, ‘भ्याक्सिन लगाइसकेका मानिसहरु लामो समय बिना सेक्स रहन सक्दैनन्, त्यसकारण यसबाट बच्नु नै सबैभन्दा सुरक्षित रहने सही तरिका हो ।’

उनका अनुसार दोस्रो चरणको भ्याक्सिन लिएका मानिसहरु कम्तिमा २ देखि ३ हप्तासम्मका लागि कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ । यसको कारण सेक्सको बेला शरीरबाट निस्किने फ्लुइड एकअर्काको सम्पर्कमा आउने हुनाले अस्थायी साधन कण्डमको प्रयोग हितकारी हुने उनी सल्लाह दिन्छन् ।

‘हामीलाई भ्याक्सिनले कति हदसम्म र कुन रुपमा असर गर्छ भन्ने पूर्ण रुपमा कुनै जानकारी छैन । त्यसकारण कण्डमको प्रयोग सबैभन्दा गतिलो र प्रभावकारी रोकथाम हुन सक्छ, ’ उनले भने । त्यसैगरी उनले भ्याक्सिन लगाउने महिलाहरुले पहिले स्त्री रोग विशेषज्ञसँग परामर्श गर्नुपर्ने उनको तर्क छ ।

कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल अहिले पनि जारी छ र यसमा भोलिन्टियरहरुलाई तीन महिनासम्म सेक्सको समयमा कण्डमको प्रयोग गर्न सल्लाह दिने गरिएको छ । त्यसैगरि भ्याक्सिनको परीक्षणमा रहेका पुरुष भोलिन्टियरहरुलाई पनि तीन महिनासम्म आफ्ना शुक्रकीट दान नगर्न सल्लाह दिने गरिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुका अनुसार क्लिनिकल परीक्षणका अवधीमा भ्याक्सिनेशन पश्चात मानिसहरुलाई कण्डमको प्रयोग गर्न सल्लाह दिने गरिएको छ किनकी भ्रुण र फर्टिलाइजेशन प्रक्रियामा प्रतिकूल असर नपरोस् भनेर ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०