हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७७, सोमबार ०४:५८

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

१ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई १ सय ७७ रनमा रोक्दै १० रनको रोमाञ्चक जित हात पारेको हो ।

हैदराबादका मनिष पाण्डेले नटआउट ६१, जोनी बेइस्ट्रोले ५५, अब्दुल सामदले १९ तथा मोहम्मद नाबीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकाताका प्रसिध कृष्णले २ तथा साकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान एक-एक विकेट हात पारे ।

यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८० रनको योगदान दिए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गरे ।

यस्तै, राहुल त्रिपाठीले ५३, दिनेश कार्तिकले २२ तथा शुभमन गिलले १५ रन बनाए ।

जितसँगै कोलकाता, दिल्ली र बैंगलोरको समान २ अंक रहेपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली पहिलो र बैंगलोर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१