दुई दिदीबहिनीका एक प्रेमी, एकै समय गर्भवती हुने दुबैको चाहना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७७, शुक्रबार ०५:५९

एजेन्सी । अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने झैं दुबै जे काम पनि सँगै गर्न रुचाउँदछन् । यहाँसम्म कि उनीहरुका ब्वाइफ्रेण्ड पनि एकै छन् ।

यी दुबै दिदीबहिनी केही समय पहिले टीएलसी एक्स्ट्रीम सिस्टम नामको शोमा पनि देखा परेका थिए । यी दुबैका बारेमा सबै कुरा एकसाथ गर्ने संसारकै सबैभन्दा नजिकका दिदीबहिनीका रुपमा पनि यिनीहरु चर्चित छन् । उनीहरु आफू एकैसाथ गर्भवती हुन पनि चाहेको बताइएको छ । लुसी र एना एकैसाथ खाना खान्छन् भने एकै प्रकारका लुगा लगाउने, एउटै ओच्छ्यानमा सुत्ने र उनीहरुलाई छुट्याउन पनि मुश्किल पर्ने बताइन्छ ।

उनका ४० वर्षीया प्रेमी ती दुबै दिदीबहिनीसँगै सुत्ने गर्दछन् । दुबै दिदीबहिनी ती प्रेमीको बच्चाका आमा एकैसाथ हुन चाहन्छन् । त्यसका लागि अष्ट्रेलियाको एक कानून उनीहरुका लागि समस्या बनेको छ । अष्ट्रेलियाको वैवाहिक कानून १९६१ का अनुसार कसैले पनि बहुविवाह गर्न सक्दैन । रियालिटी टिभी शोमा यसबारे कुरा गर्दा दुबै दिदीबहिनी गम्भीर बनेका थिए किनकी उनीहरु दुबै एकजना पुरुषसँग विवाह गर्न गइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०