पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७७, बुधबार ०६:०३

१. मैन बत्ती

ईसापूर्व ३००० साल (पाँच हजार वर्ष पहिले) तिरै मिश्रवासीहरुले मैनबत्ती प्रयोग गर्ने गर्थे ।

२. छोटो युद्ध

बेलायत र जन्जीबार बीच ३८ मिनेटको युद्ध सन् १८९६ सालमा भएको थियो । यस युद्धलाई संसारको सबैभन्दा छोटो युद्ध मानिन्छ ।

३. ९० सालको भूकम्प

वि.सं. १९९० (सन् १९६४) सालमा नेपालमा गएको भूकम्प ८:३ रेक्टर स्केलको थियो । उक्त भूकम्पमा परी ८,५१९ जना मानिस मरेका थिए । ८०,८९३ वटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए । १,२६,३५५ घर क्षतिग्रस्त भएका थिए ।

४. पहिलो शल्यक्रिया

सबैभन्दा पहिला रोगीलाई बेहोस पारेर सन् ३० मार्च १८४२ मा शल्यक्रिया गरिएको थियो । अमेरिकाको जर्जिया राज्यमा डाइथीयल इथरको प्रयोग गरेर जेम्स विनेविल नामक एक व्यक्तिको घाँटीमा पलाएको गाँठोको शल्यक्रिया गरिएको थियो । उक्त ऐतिहासिक शल्यक्रिया गर्ने कार्य डा. क्रोफोर्ड विलियमसन लीगले गरेका थिए ।

५. राष्ट्रपतिका शब्दहरु

३५औँ अमेरिकी राष्ट्रपति जोन एफ केनेडी प्रतिमिनेट ३२७ वटा शब्द बोल्ने गर्थे ।

साभार: ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१