रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा बालाजुको बुद्ध मलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७७, शुक्रबार ०५:२६

काठमाडौं। काठमाडौं मलबाट आफ्नाे सेवा सुरु गरेकाे ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ले बिहीबारदेखि तेस्राे शाखा पनि उद्घाटन गरेकाे छ । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल रश्मिलाज फेसियल हाउसले काठमाडौंको बालाजुस्थित बुद्ध मलमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे हाे ।

उक्त शाखाकाे उद्घाटन रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, सञ्चारकर्मी दिनेश डीसी र नायिका अनु शाहले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा कलाकार, व्यवसायी, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’की सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् । बुद्ध मलस्थित शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको उनले बताइन् ।

‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा ग्राहकहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’

रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गोंगबुस्थित बीजी मलमा अलगअलग शाखा छन् ।

रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१